मधेस पुगेर प्रचण्डले भने– मधेसको ‘मसिहा’ सँग मधेसी जनता सचेत हुनुपर्छ
महोत्तरी– एमाओवादी अध्यक्ष प्रचण्डले सिमामा भएको अवरोध तत्काल खुल्नुपर्नेमा जोड दिद्यदै त्यसका लागि आन्द्योलनरत मधेसी दलहरु गम्भीर बन्नुपर्नेमा जोड दिएका छ । उनले नाका जति छिटो खुल्छ त्यति नै मधेसवादी दलहरुलाई राजनीतिक हित हुने समेत बताए । प्रदेश नं. २ को प्रदेश समिति बैठकलाई प्रशिक्षणका क्रममा आज दिउँसो महोत्तरीको बर्दिवास आएका अध्यक्ष प्रचण्डले आफूलाई मधेसको मसिहा ठान्ने मधेसी नेतासँग मधेसी जनता सचेत हुनुपर्नेमा जोड दिए । उनले भने, ‘ मधेसमा केही मानिस आफूलाई मधेसको मसिहा ठान्छन् मधेसी जनता उनीहरुको भ्रमबाट मुक्त हुन जरुरी छ ।’ अध्यक्षले प्रचण्डले एमाओवादी पार्टी वर्तमान समस्याको समाधानका लागि गम्भीर भएर लागेको जनताले बुझेका भन्दै केही मान्छे भने प्रक्रिया भाँड्न लागिपरेको बताए । उनले अगाडि भने, ‘हामी युद्धमा हुँदा एक पक्षीयरुपमा ३ महिना युद्धविराम गरेका थियौं, जसले गर्दा ज्ञानेन्द्रले आफ्नो अमेरिका भ्रमण रोकेका थिए, यदि ३ महिना युद्धविराम नगरेको भए १२ बुँदे सहमति पनि हुँदैनथ्यो, यो कुरा मैले मधेशवादी दलहरुलाई बारम्बार भन्ने गरेको छु ।’ अध्यक्षले हिजो हुने भनिएको निर्णायक वार्ता हुन नसके पनि निर्णायक वार्ताको प्रयासमा भने अघि बढेको बताए । फरक प्रसंगमा उनले देशको परिस्थिति नै सन्तुष्टि हुने खालको नभएको बेला पनि आफ्नो पार्टीले मन्त्रीहरुको कामकारबाही प्रभावकारी बनाउन समिक्षा गरिरहेको बताए । मधेसमा बाबुराम भट्टराईको पक्षमा एमाओवादी नेता कार्यकर्ता लागेनि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष प्रचण्डले वास्तविक माओवादी अहिले पनि एमाओवादीमै रहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण