‘अनर किलिङ’ अन्त्य गर्छु– पाक प्रम शरिफ
शुक्रबार, ०१ माघ २०७२, १७ : १५
इस्लामावाद, - पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले पाकिस्तानमा कायम रहेको अनर किलिङ सामाजिक प्रतिष्ठासँग जोडेर प्रायः महिलालाई दिइने मृत्युदण्ड को कुसंस्कारको अन्त्य गर्ने प्रण गरेका छन् ।
यस्तै अनर किलिङसँग सम्बन्धित एक डकुमेन्ट्री ‘अ गर्ल इन्न द रिभर द प्राइस अफ फर्गिभनेस’ का निर्देशक सर्मिन अबिदचिन्नोएलाई सो डकुमेन्ट्री ओस्कारमा मनोनयन भएकोमा बधाई दिँदै सो प्रण गरेका हुन् ।
छोटा चलचित्रअन्तर्गत सो डकुमेन्ट्री मनोनयनमा परेको बताइएको छ । सो फिल्म यस्तै अनर किलिङ्को कारबाही पाएकी एक बालिका भाग्यबस बाँचेको कथामा आधारित छ ।
पाकिस्तानमा हरेक वर्ष परिवारको प्रतिष्ठामा आँच आएको निहुमा सयौँ महिलालाई हत्या गर्ने गरिएको छ ।
समाजमा प्रतिष्ठा राख्ने नाममा महिलाका आफन्तले उनीहरुको हत्या गर्ने गर्छन् । तर त्यसलाई इस्लामको धर्मसँग जोडेर सरकारले पनि यसरी कारबाही गर्ने व्यक्तिलाई कारबाही गर्न सकेको देखिँदैन ।
प्रधानमन्त्री शरिफले यस्तो प्रकृतिको कुसंस्कारको अन्त्य गरिने र यसका लागि आवश्यक परेमा कानुन ल्याइने जानकारी पनि दिनुभएको बताइएकोछ ।
प्रधानमन्त्रीको कार्यालायद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा उहाँले यस्तो कुसंस्कारको अन्त्यका लागि प्रतिबद्धता जाहेर गर्नुभएको बताइएको छ । एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण