राप्रपा र राप्रपा नेपाल समानान्तरबीच वार्ता, चाँडै एकता गर्न दुबै पक्ष सहमत
काठमाडौं– राप्रपा र राप्रपा नेपाल समानान्तर पार्टीबीच आज एकताको लागि वार्ता भएको छ । राप्रपाको केन्द्रीय कार्यालय चाबहिलमा भएको वार्तामा दुई पक्षबीच सौहार्दपूर्णरुपमा छलफल भएको राप्रपा नेपाल समानान्तर पार्टीका प्रवक्ता तथा वार्ता टोलीका सदस्य सगुन लावतीले जानकारी दिए ।
बैठकमा सहभागि अर्का नेताका अनुसार वार्ता पहिलो भएपनि निकै सकारात्मक भएको र चाँडाभन्दा चाँडो एकता गर्न दुबै पक्षले जोड दिएका छन् ।
त्यसको लागि एकसाताभित्रै अर्को चरणको वार्ता हुने र सो वार्तामार्फत एकताको लागि आवश्यक विषयमहरुमा छलफल गरेर निश्कर्षमा पुगिने ति नेताले बताए ।
राप्रपा र नेप्रपा समानान्तर दुबै पञ्चायतकालीन पृष्ठभूमिको पार्टी हो । दुबैको सिद्धान्त लगभग उस्तै भएकाले एकताको लागि कुनै समस्या नभएको र पदबारे कुरा मिले एकताको बाटो खुल्ने बताइन्छ । राप्रपाले वार्ताका लागि औपचारिक रुपमा पत्र पठाएसँगै समानान्तरले शुक्रबारको पार्टी बैठकबाट महामन्त्री श्याम तिमल्सिनाको संयोजकत्वमा वार्ता टोलीको गठन गरेको थियो । यस्तै राप्रपाले भने यसअघि नै कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरिसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण