निःशुल्क हेमोफिलिया परीक्षण शिविर सम्पन्न
काठमाडौँ - विश्व हेमोफिलिया दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क हेमोफिलिया स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ ।
नेपाल हेमोफिलिया सोसाइटीको सहकार्यमा अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी विभाग र फिजिकल थेरापी विभागले आयोजना गरेको सो शिविरमा नेपाल हेमोफिलिया सोसाइटीका ४८ जना हेमोफिलीका विरामीको स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अर्थोपेडिक सर्जन डा भास्करराज पन्तले शिविरमा आएका हेमोफिलिकको स्वास्थ्य परीक्षण गर्नुभएको थियो भने फिजिकल थेरापी विभागका प्रमुख राजेश सिंह नेतृत्वको टोलीले हेमोफिलियामैत्री फिजियोथेरापीसम्बन्धी परामर्श तथा प्रशिक्षण दिएका थिए ।
वंशानणुगत रुपमा हुने हिमोफिलिया रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमीका कारण हुने र जोर्नीहरुमा लामो समयसम्म रगत नरोकिने भएकाले यसले जोर्नी बिगार्ने तथा समयमा निदान र उपचार नगरेमा यसले अपाङ्ग समेत बनाउन सक्ने चिकित्सकहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिकासँगको सम्बन्धबारे भिडियो भाइरल भएपछि अभिनेता इब्राहिमको स्पष्टीकरण
-
सामान्य प्रशासन मन्त्रालयले भन्यो– निजामती कर्मचारीको मूल्याङ्कन अब कार्यसम्पादनमा आधारित हुन्छ
-
आमिर खानको तेस्रो विवाहमा शेखर सुमनको व्यङ्ग्य
-
राजनीतिक र अन्य पदाधिकारीको सम्पत्ति छानबिन निरन्तर
-
बिपी राजमार्ग सञ्चालन
-
आँखामा डार्क सर्कल र मुटुबिच के छ सम्बन्ध ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण