बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सम्बन्धन लिन विज्ञापन पर्खनुपर्ने

शनिबार, ०१ जेठ २०७३, १३ : २८
शनिबार, ०१ जेठ २०७३

काठमाडौँं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)बाट सम्बन्धन लिनका लागि विभिन्न संस्थाले जुनसुकै समयमा पनि प्रस्ताव गर्न नपाइने भएको छ ।

प्रमाण पत्र÷ डिप्लोमा तहको कार्यक्रम सञ्चालनका लागि आफ्नै अस्पताल, मेडिकल कलेज, सहकारी गुठी र ट्रष्टले कुनैपनि बेला प्रस्ताव गर्नसक्ने निर्णयलाई खारेज गरेको सीटीइभीटीका सस्दय सचिव रामहरि लामिछाने बताउनुभयो ।

पहिले अध्यापन गराउन चाहने संस्थाले आफूले चाहेको समयमा सीटीइभीटीमा प्रस्तावना पेस गरी सम्बन्धन लिन पाउने प्रावधान थियो । आगामी दिन सीटीइभीटीले विज्ञापन गरेपछि मात्र सम्बन्धनको प्रस्तावना पेस गर्नसक्ने व्यवस्था कायम गरिएको उहाँले जानकारी दिनुभयो ।

साथै, सामुदाियक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनका लागि माग भई आएमा गुणस्तरियतामा कमी नहुने सर्तमा शैक्षिक सत्र सुरु हुनु एक महिना पहिले प्रस्तावना पेस गरेका विद्यालयलाई आवश्यक प्रक्रिया पूरा गरी तत्काल कार्यक्रम सञ्चालनको स्वीकृतिको प्रक्रिया अगाडि बढाउन सकिने नीतिगत निर्णय भएको सीटीइभीटीका प्रवक्ता शिवशङ्कर घिमिरेले बताउनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप