संघीय गठबन्धनले भोलि सिंहदरबार घेर्दै, कनकमणिसहित ९ जनाको संयुक्त विज्ञप्ती
शनिबार, ०१ जेठ २०७३, १६ : ४९
काठमाडौं– संघीय गठबन्धनले आफ्नो माग पूरा गराउ दवाव दिने उद्देश्यले भोलि सिंहदरबार घेराउन गर्न लागिरहेको सन्दर्भमा नागरिक समुहले आफ्नो धारणा सार्वजनिक गरेको छ।
केहि दिन अघिमात्रै अकुत सम्पत्ती आर्जन अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पक्राउ परेर सर्वोच्च अदालतको आदेशमा छुटेका कनकमणि दिक्षितसहित सुशील प्याकुरेल,चरण प्रसाई, सुवोध प्याकुरेल, दिनेश त्रिपाठी, गणेश मण्डल, शिव विसंखे, रवि ठाकुर र यज्ञ थापाले आज एक संयुक्र विज्ञप्ती जारी गरेर आन्दोलनका क्रममा संसमित हुन सरकार र आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ–विगतमा अनुभव गर्नुपरेको जस्तो जवरजस्ती र वलप्रयोगका दुर्दान्त घटना अवका आन्दोलनको सन्दर्भमा सरकार र आन्दोलनकारी दुवै पक्षबाट नहोस, हामी आह्वान गर्छौ । शान्तिपुर्ण आन्दोलन कै समयमा पनि संवादद्वारा उचित निश्कर्षमा पुग्ने प्रयास अवरुद्ध नगरियोस भनि हामी सम्पुर्ण राजनीतिक नेतृत्व र सरकार समक्ष आग्रह गर्दछौ । लोकतन्त्र र मानवअधिकारका पक्षधरले राष्ट्रिय मानव अधिकार आयोगसंगै आन्दोलनको अनुगमन गर्ने कुरा सार्वजनिक भैसकेको परिप्रेक्ष्यमा आन्दोलनका एजेण्डामा हुने वार्ता र निष्कर्ष जवाफदेहि तथा पारदर्शी ढंगले सम्पन्न होस भन्ने आग्रह हामी दोहर्याउछौ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण