करोडौंमा बिक्री हुने कार कवाडीमा किन ? (हेर्नुहोस १४ तस्बिर )
काठमाडौं–संसारमै दुर्लभ धेरै कारहरु नेपालमा छन् । ती कारहरु अज्ञानतावस गाडी मालिकले कवाडीमा बिक्री गरिरहेका छन् । जुन दुर्लभ कारहरु विभिन्न देशमा करोडौंमा खरिद बिक्री भइरहेका हुन्छन् ।
हुन त पुराना कारहरुमा खास विशेषता केही हुँदैनन् । दुर्लभता नै यस्ता कारको विशेषता हुन् । संसारका धेरै धनी मान्छेहरु क्लासिक कारहरु मँहगोमा किन्न लालायित हुन्छन् र आफूसँग राख्छन् र उनीहरुको बेला मौकामा चढ्ने सोख हुन्छ ।
कवाडीमा बिक्री गर्नबाट रोक्ने उद्देश्यले यस्तै पुराना कारहरुको राजधानीको कला परिषद्मा साँस्कृतिक संग्राहलयको आयोजनामा शनिबारबाट प्रर्दशनी शुरु भएको छ । नेपालका राणाकालीन समयमा नेपालमा ल्याइएका दुर्लभ २० वटा कारहरुको प्रर्दशनीमा छन् ।
कारहरु प्रर्दशनीसँगै पुराना कारहरको फोटो र डकुमेन्ट्री प्रर्दशनी पनि गरिएको थियो । प्रर्दशनी कार्यक्रम शुर हुनुभन्दा अगाडि राजधानीमा पुराना कारहरुको ¥यालीको समेत आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण