उपेन्द्र यादवले नेतृत्व गरेको जनप्रदर्शनमा राजेन्द्र महतो अनुपस्थित भएपछि...
काठमाडौं– भोलि सिंहदरवार घेराउ कार्यक्रमलाई प्रचार गर्न संघीय गठबन्धनले आज रत्नपार्कदेखि ठमेलसम्म गरेको उक्त प्रचार कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अनुपस्थिति जनाएका छन् ।
गठबन्धनमा आबद्ध २९ वटै दलका अध्यक्षमध्ये राजेन्द्र महतोको मात्रै उपस्थिति थिएन् । राजेन्द्र महतोले आफ्नो ठाउँमा पार्टीका महासचिव मनिष सुमनलाई पठाएका थिए । गठबन्धनको संयोजक उपेन्द्र यादव भएदेखि असन्तुष्ट रहेका महतो आजको प्रदर्शनमा उपस्थिति नदेखाएर गठबन्धनभित्रको विवादलाई पुनः एकपटक उजार गरेका छन् ।
हिजो गठबन्धनले आयोजन गरेको पत्रकार सम्मेलनमा पुगेका राजेन्द्र महतोलाई तानेर उपेन्द्र यादवले आफ्नै छेउमा बसाएका थिए । तर, आजै उनै उपेन्द्र यादवले नेतृत्व गरेको जनप्रदर्शनमा उनी किन गएनन् ? तराई मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट वृषेशचन्द्र लाल पुगेका थिए । महन्थ ठाकुर दिल्लीमा भएको कारण पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल पुगेका हुन् ।
रत्नपार्कबाट ठमेल पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई उपेन्द्र यादवदेखि महेन्द्रराय यादवहरुले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण