तुलाधरलाई नेवाः अधिकार सिरपा
ललितपुर–आधा शताब्दी भन्दा बढी समयदेखि लोकतन्त्र, मानवअधिकार, भाषिक र जातीय समानताको आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेका सम्मान स्वरुप पद्मरत्न तुलाधरलाई नेवाः अधिकार सिरपा (पुरस्कार) बाट सम्मान गरिएको छ ।
नेवाः आन्दोलनको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति, वा संस्थालाई दिईने सो पुरस्कार यस वर्ष आदिवासी जनजाति आन्दोलन समितिका अध्यक्ष समेत रहेका तुलाधरलाई प्रदान गरिएको हो । यस अघि संस्थागत रुपमा दिँदै आएको सो पुरस्कार पहिलो पटक व्यक्तिलाई दिइएको थियो ।
नेवाः अधिकार सिरपा गुथिले शनिबार राजधानीमा आयोजित एक समारोहकाबीच तुलाधरलाई जनकवि दुर्गालाल श्रेष्ठ र नेवार एवं आदिवासी जनजाति आन्दोलनका अगुवा मल्ल. के. सुन्दरले दोसल्ला ओढाई, मोहिनी श्रेष्ठले प्रमाणपत्र र डा. महेशमान श्रेष्ठले पुरस्कारको नगद राशि ३५ हजार रुपैयाँ प्रदान गरे ।
सो अवसरमा तुलाधरले आफू राणाविरोधी आन्दोलन, २०४६ सालको प्रजातन्त्र पुनःस्थापना र गणतन्त्र प्राप्तिको आन्दोलनसम्म निरन्तर लागिपरेको उल्लेख गर्दै यत्रो आन्दोलन हुँदा पनि अहिलेसम्म पनि मुलुकमा भाषिक र जातीय समानतासहित सामाजिक न्याय प्रत्याभूति नभएको धारणा राखे ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रान्त्रिक शासन व्यवस्था हुँदा पनि अहिलेसम्म भाषिक, जातीय, सांस्कृतिक विभेद यथावत रहेको उल्लेख गर्दै उनले राजनीतिक अधिकार प्राप्तिको आन्दोलन पुरा नभएको बताए ।
सो अवसरमा जनकवि दुर्गालाल श्रेष्ठले देश आफ्नो रहेर पनि राज्यव्यवस्था आफ्नो नभएको पीडाले अहिलेपनि देशका बहुसंख्यक जातजाति, भाषाभाषी, वर्ग र क्षेत्रका जनता आक्रान्त रहेको धारणा राखे ।
नेवाः स्वायत राज्य मंका संघर्ष समितिका सचिवालय संयोजक समेत रहनुभएका मल्ल के सुन्दरले पहिचानसहित संघीयताको लागि मधेशी मोर्चासहित संघीय गठबन्धन संग मोर्चाबन्दी गरेर आन्दोलन गर्न लागिएको बताउँदै त्यसलाई सफल गर्नु नेवार समुदायको प्रभावकारी भूमिकाको आवश्यकता औल्याए ।
संघीय गठबन्धनले उठाएको मुद्दा इतिहासकै सबभन्दा बढी प्रगतिशील रहेको बताउँदै त्यो आन्दोलनलाई सार्थक रुप दिने अभिभारा आएको पनि मल्लको भनाई रहेको छ ।
गुथिका अध्यक्ष एवं नेवार आन्दोलनका अगुवा डा महेशमान श्रेष्ठले नयाँ संविधान अझै विभेदकारी रहेको बताउँदै त्यसले राजनीतिक क्रान्तिको अन्त नगरेको धारणा राखे । संविधानमा भएका भाषा, जाति र सिमांकनको प्रावधानलाई सच्याउन थप आन्दोलनको खाँचो पनि उनले औल्याए ।
डा श्रेष्ठ र मोहिनी श्रेष्ठ विवाह बन्धनमा बाँधिएको ५० वर्ष पुगेको अवसरमा २०७० सालमा सो पुरस्कार स्थापना गरिएको हो । यस अघि सो पुरस्कार भक्तपुरको विराट नेवाः स्वायत राज्य मंका संघर्ष समिति, नेपाल भाषा साहित्य गुथिलाई प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण