बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

समस्या समाधान गर्ने जिम्मेवारी काँग्रेसको काँधमा : महामन्त्री कोइराला

शनिबार, ०१ जेठ २०७३, १८ : ३२
शनिबार, ०१ जेठ २०७३

भक्तपुर– नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले मुलुकको समस्या समाधान गर्ने जिम्मेवारी ठूलो दलको नाताले काँग्रेसको काँधमा आएको बताएका छन् ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ भक्तपुरले आज यहाँ आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा उनले सबैभन्दा ठूलो दलको नाताले मुलुकमा देखिएका असहमतिबीचमा सहमति जुटाउने जिम्मेवारी काँगे्रसको काँधमा आएको बताए ।

काँग्रेस अस्थिरताको राजनीति गरेर देशलाई बर्बादीतर्फ लैजाने पक्षमा नरहेको बताउँदै संविधान कार्यान्वयन र मधेस समस्या समाधान गर्न काँगे्रसले राष्ट्रिय सहमति जुटाएर देशमा रहेको गतिरोधलाई निकास दिन लागिपरेको उनको भनाइ थियो ।

महामन्त्री कोइरालाले काँग्रेसलाई शुद्घीकरण गर्दै भ्रष्टाचारमुक्त र बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले पार्टीलाई सङ्ख्यात्मकभन्दा गुणात्मक किसिमले बलियो बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ, विश्वप्रकाश शर्मा, भक्तपुर जिल्ला अध्यक्ष दुर्लभ थापालगायतले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेसले संविधानको कार्यान्वयनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप