चार दिनमा ४५ आरोही सगरमाथाको चुचुरामा
काठमाडौँ–सगरमाथा आरोहणको चौथो दिन आज थप तीन आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
दुई विदेशी र एक नेपालीसहित तीन आरोहीले सगरमाथा चढेको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सगरमाथा आरोहण गर्नेमा नेपाली छिरिङ तेम्बा शेर्पा र फुतेम्बा शेर्पा तथा स्वीडेनी डेनिलय छन् ।
यसअघि शुक्रबार १३ नेपालीसहित २७ आरोहीले सगरमाथा आरोहण गरेका थिए । बुधबारदेखि सगरमाथा आरोहण सुरु भएको थियो । पहिलो दिन नौ नेपाली आरोही सगरमाथाको चुचुरामा पुगेका थिए । चार दिनका अवधिमा हालसम्म ४५ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथा चढेका छन् । पर्वतारोहण शाखाका प्रमुख श्रेष्ठका अनुसार आज धेरै आरोही क्याम्प ४ नजिक पुगे पनि हावा चलेका कारण उनीहरु तलतिर फर्केका छन् । उनीहरु रातिदेखि पुनः सगरमाथाको चुचुरातर्फ लाग्नेछन् ।
पर्वतारोहण शाखाको तथ्याङ्कानुसार वसन्त ऋतुको यस मौसममा सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोली गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण