माओवादी एकता गर्न पाँच जनाको संयोजन समिति बन्यो
शनिबार, ०१ जेठ २०७३, १९ : १९
काठमाडौं– माओवादी एकताको लागि पाँच जनाको नेतृत्वमा एकता संयोजन समिति बनेको छ । शनिबार राजधानीमा बसेको पाँच माओवादीहरुको संयुक्त बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो ।
समितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राम बहादुर थापा ‘बादल’, जयपुरी घर्ती, मणि थापा र वसन्त घर्ती रहेका छन् ।
कार्यक्रममा पाँच माओवादीबीच १३ बुँदे एकताको आधारपत्रमा समेत हस्ताक्षर भएको छ । एकता अधिवेशन भने वैशाख ६ गते हुने भएको छ ।
डेढ वर्षअघि सुरु भएको माओवादी पुर्नगठन अभियानले यो एकतामा महत्वपूर्ण रोल खेलेको छ । रातोपाटीसँग कुरा गर्दै पुर्नगठन अभियानका नेता जनार्दन शर्माले भने, ‘बाँकी रहेका अरु माओवादी पनि यसमा विस्तारै आउनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण