बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नयाँ शक्तिको युवाले बेगनासताल सफा गर्यो

शनिबार, ०१ जेठ २०७३, १९ : ३९
शनिबार, ०१ जेठ २०७३

पोखरा – नयाँँ शक्तिको युवा संगठन ‘राष्टिय युवा अभियान’ कास्कीको आयोजनामा संचालन भईरहेको ‘क्लिन पोखरा ग्रिन पोखरा’को श्रृंखला तेस्रो श्रृंखला बेगनास तालमा सम्पन्न भएको छ । नयाँ शक्तिको युवा संगठन लेखनाथले आयोजना गरेको तेस्रो श्रृंखलाको बेगनास तालको बसपार्कबाट सुरु भएर बेगनास तालमा पुगेर सम्पन्न भएको थियो ।

‘राष्टिय युवा अभियान’ लेखनाथका नगर संयोजक शेरमान तमुको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ शक्तिका केन्द्रिय परिषद् सदस्य, जिल्ला परिषद् सदस्य र युवाहरुको उलेख्य उपस्थिति रहेको थियो ।

सरसफाई कार्यक्रममा नयाँ शक्ति लेखेको टोपी लगाएर बसपार्क बढारी रहेका नयाँ शक्तिका केन्द्रिय परिषद् सदस्य जित बहादुर तमु ‘मामा’ले भने हामी अहिले सहर बजारको फोहोर सफा गर्ने अभियानमा छौँ । बजारमाभन्दा पनि धेरै फोेहोर त हाम्रो देशको राजनीतिमा छ । नयाँ शक्तिले फोहोरी राजनीति गर्दैन । बरु राजनीतिभित्र रहेको फोहोर पनि सफा गर्छ ।’

एउटा हातले नयाँ शक्तिको झण्डा र अर्को हातले सडक सफा गरिरहेका नयाँ शक्तिका अर्का केन्द्रिय परिषद् सदस्य नारायण हरि तिवारीलाई प्रचारको लागि रोड बढार्दै हिँड्नु भाको छ रे नि भन्ने प्रश्नमा उनले भने, ‘अहिले हामी सबैखाले प्रतिक्रिया ग्रहण गरिरहेका छौँ । त्यहि प्रतिक्रियाले नै हामीलाई राम्रो बनाउन भूमिका खेल्छ । चर्चाकै लागि हो भने त अरु काम नि गर्न सकिन्थ्यो होला नि किन फोहर उठाएर हिँड्नपथ्र्यो र ?’ कार्यक्रममा नयाँ शक्तिका पार्टीका र युवाका नेतृत्वहरु नन्द बहादुर तम, भानुभक्त अधिकारी, झलकराम अधिकारी, रोशन देवकोटालगायतको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप