बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गाँजासहित एक भारतीय नागरिक पक्राउ

शनिबार, ०१ जेठ २०७३, २० : ०६
शनिबार, ०१ जेठ २०७३

परासी–सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बेलासपुर नवलपरासीे ३ किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भुमहीबाट महेसपुरका लागि छुटेको लु१ज ५२ नम्बरको जिपलाई बेलासपुर चोकमा चेकजाँच गर्दा सो गाँजासहित भारतीय नागरिक पक्राउ परेको हो ।

पक्राउ पर्ने व्यक्ति भारतको उत्तर प्रदेश जिल्ला महराज गंज ग्राम सिन्दुरियाका ५० वर्षीय रामदेव केवट रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

केवटलाई गाँजा खरिदको विषयमा सशस्त्र प्रहरीले सोधपुछ गर्दा केवटले जिल्लाको रामनगर–९ भथौडीबाट खरिद गरेको बताए । सशस्त्र प्रहरीले केवटको साथबाट डेढ किलो र खरिद स्थल खानतलासी गर्दा पुनः डेढ किलो गरि कुल ३ किलो गाँजाफेला पारेको थियो ।

पक्राउ परेको भारतीय नागरिकलाई बरामद ३ किलो गाँजासहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पठाइएको सशस्त्र प्रहरी उपरिक्षक प्रेमराज पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप