बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राजदूत उपाध्याय आइतबार फिर्ता आउने

शनिबार, ०१ जेठ २०७३, २० : १२
शनिबार, ०१ जेठ २०७३

काठमाडौँ– भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय आइतबार स्वदेश फिर्ता हुने भएका छन् ।

त्यहाँ रहँदा राजदूत उपाध्यायको भूमिकाप्रति असन्तुष्टी जनाउँदै सरकारले उनलाई स्वदेश फर्किन निर्देशन दिएकाले उपाध्याय भोलि स्वदेश फर्किन लागेका हुन् ।

आइतबार मध्यान्ह १२ः०० बजे नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्रीसमेत रहेका उपाध्यायलाई पूर्व प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।

पन्ध्र दिनभित्र स्वदेश फिर्ताका लागि सरकारले गत सोमबार राजदूत उपाध्यायलाई पत्र पठाएको थियो । पत्र पाएको एक साता पनि नबित्दै उपाध्याय स्वदेश फर्किन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप