सिबिआई र प्रहरीसँग एनआरएनको सहकार्य
साउदी अरब–वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न गैर–आवासीय नेपाली संघ ९एनआरएन०ले सिबिआई, महानगरीय प्रहरीसँग मिलेर काम गर्न लागेकाले सो सम्बन्धि मुद्दाका पीडितहरुले सम्पर्क गर्न एक उच्च पदाधिकारीले आग्रह गरेका छन् ।
एनआरएन आईसिसिका वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति FEMWWC का संयोजक धरम केसीले आफूहरुले वैदेशिक रोजगारका क्रममा हुने ठगीलाई नियन्त्रण गर्न धेरै रकम लिई थोरैको भर्पाई दिएर ठग्ने म्यानपावर कम्पनीहरुलाई समेत प्रहरी र सिबिआईसँगको सहकार्यमा कार्वाही गर्ने तयारी भएकाले पीडितहरुलाई न्याय दिन तत्पर रहेको जानकारी दिँदै एनआरएनए साउदी अरबको पूर्वी क्षेत्रीय समितिको विशेष अधिवेशनमा बताएका हुन् ।
कार्यक्रमका विशेष अतिथि बनेका केसीले नेपाली राजदुतावाससँग एनआरएनएका सदस्यहरुले सहकार्य गरेर प्रवासी नेपाली कामदारहरुको हितमा कार्य गर्न आग्रह गरे ।
शुक्रबार सम्पन्न उक्त विशेष अधिवेशनले पूर्वी क्षेत्रका लागि नयाँ कार्य समिति समेत चयन गरेको छ । नयाँ कार्य समितिमा अध्यक्ष चन्द्रमणि भण्डारी, उपाध्यक्ष रोशन श्रेष्ठ, सचिव अन्जनीकुमार अधिकारी, सहसचिव चित्रकुमार राई, कोषाध्यक्ष सत्य केसी, सहकोषाध्यक्ष सन्जिव सुनार र प्रवक्तामा तेजकुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा घनश्याम अर्याल, दिपक श्रेष्ठ, चन्द्र बुढामगर, दिलिप राई र लेखाबहादुर गुरुङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण