बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अब नवलपरसी डेढगाउँवासी माझ नेष्डो नेपालको लघुवित्तिय सेवा

आइतबार, ०२ जेठ २०७३, ०७ : ५१
आइतबार, ०२ जेठ २०७३

तनहुँ–पर्वत जिल्लामा स्थापना भई नेपालका १२ जिल्लामा महिला तथा विपन्न वर्गको आर्थिक सामाजिक समृद्धिका क्षेत्रमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ४६ औँ शाखाका रुपमा डेढगाउँ शाखाको शनिवार भव्य समारोहका बीच औपचारिक समुद्घाटन गरिएको छ । नवलपरासी र तनहुँ जिल्लाका करिब १ दर्जन गाविसमा रहेका विपन्न एवंम सामाजिक रुपमा वन्चितमा परेका महिलाहरुको चेतना संगठन आयआर्जन एवम् सामाजिक सशक्तिकरणमा सहयोग पु¥याउने उद्देश्यले डेढगाउँमा शाखा स्थापना गरिएको हो ।

समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि रुरल माइक्रोफाइन्स डेभलपमेन्ट सेन्टर आरएमडिसिका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले देशको गरिवी न्यूनिकरणमा लघुवित्त क्षेत्रको महत्वपुर्ण भूमिका रहेको र राम्रो काम गर्ने संस्थाहरुलाई राज्यले प्रोत्साहन गर्नु पर्ने बताए । महिलाहरुको जन्मदेखि मृत्यु प्रयान्तसम्मका हरेक समस्यामा नेष्डो नेपालको सेवाले महिलाहरुलाई राहत दिँदै आएकोे बताए । नेपालमा धेरै संख्यामा सामाजिक संस्थाहरु क्रियाशिल रहेको भएता पनि नेष्डो नेपालले स्थापनादेखि नै जनउत्तरदायी र जवाफदेही सेवा प्रवाह गरेकोले सफल र उदाहरणीय भएको उनको भनाई थियो ।

कार्यक्रममा लघुवित्त संघ, मिफान नेपालका राष्ट्रिय उपाध्यक्ष एवम् संस्थाका कार्यकारी प्रमुख विश्वप्रकाश प्रसाईले नवलपरासी जिल्लाका सबै नगरपालिका तथा गाविसका विपन्न परिवारलाई वित्तीय सेवामा पहुँच स्थापित गर्ने संस्थाको लक्ष्य अनुरुप संस्थाले डेढगाउँलगायत नवलपरासीका शतप्रतिशत गाविसमा सेवाविस्तार गर्ने बताए । ग्रामीण समुदाय समृद्ध नभएसम्म देशको आर्थिक विकास सम्भव नहुने हुँदा संस्थाले लघुवित्त सेवाका माध्यमवाट घरदैलोमा बचत तथा सुलभ कर्जा सुविधा साथै एक दर्जनभन्दा वढि कल्याणकारी सुविधा लिएर गाँउ–गाँउमा पुगेको बताए । कार्यक्रममा नेपाली कांग्रेस डेढगाउँका सभापति भानु ओझा, एमाले डेढगाउँका गाविस अध्यक्ष छविलाल ओझा लगायतले नेष्डो नेपालले लघुवित्त सेवामार्फत ग्रामिण क्षेत्रमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा संस्थाको सेवालाई ग्रामीण क्षेत्रमा विस्तार गर्न सहयोग पु¥याएबापत नवलपरासी जिल्ला डेढगाउ गाविस निवासी होमनाथ भट्टराई, धर्मलाल मालि, लक्ष्मि ओझा, डेढगाउँ–४ निवासी देवि सोति, डेढगाउँ–६ निवासि पवित्रा कार्की र भारतिपुर–२ निवासि डोल राज रानालाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप