बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रातोपाटीकर्मी पौडेल सम्मानित

आइतबार, ०२ जेठ २०७३, ०८ : ००
आइतबार, ०२ जेठ २०७३

पोखरा – पोखरा–४ मा रहेको सिदार्थ टोल विकास संस्थाले रातोपाटीकर्मी कमल पौडेल अथकलाई सम्मान गरेको छ । विगत डेढ दशकदेखि पोखरामा रहेर विद्युतीय, छापा र अनलाईनको माध्यमवाट विकासमूलक पत्रकारिता गरेको भन्दै संस्थाले रातोपाटीकर्मी पौडेललाई सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट समाजलाई सही सूचना दिएर गुन लगाएको भन्दै संस्थाले आफ्नो १३ औं वार्षिकोत्सव तथा अधिवेशनको अवसरमा संस्थाले पौडेललाई नेपाली ढाकाटोपी, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा उपमहानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेल र संस्थाका अध्यक्ष गोमा कोईराला सुवेदीले अविर, ढाकाटोपी सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

यसैगरी संस्थाले सोही अवसरमा संस्थाका १७ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप