मनिषा घटनाको दोषीलाई कारवाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र
परासी– मनिषा घर्तीमगरको दोषीलाई कारवाहीको माग गर्दै पिडित पक्षले जिल्ला प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । फुटबलर बिमल घर्ती मगरकी बहिनीको शंकास्पद मृत्यका कारण प्रहरीको नियन्त्रणमा रहेका रुद्रनारायण (आशिष) चौधरीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै पिडित पक्षले जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराउँदै सिडिओलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।
गत विहिवार बहिनी मनिषा घर्तीमगरको शंकास्पद मृत्युको घटनाको सत्यतथ्य अनुसन्धान गर्न र दोषीलाई फाँसीको सजाय माग गर्दै पिडित पक्षले बर्दघाटको भुतहाँ चोकबाट विभिन्न नारासहित पलेकार्ड बोकी मोटरसाईकल ¥याली समेत निकालका थिए । निकालिएको ¥याली जिल्ला प्रशासन कार्यालय अगाडी केहि समय नाराबाजी गर्दै विरोध समेत प्रर्दशन गरेका थिए ।
काठमाडौ लगिएको मनिषाको शवको पोष्टमार्टन रिपोर्ट अझै लिखित रुपमा जिल्लामा नआएका हुँदा घटनाको पुष्टि हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । नियन्त्रणमा रहेको आरोपित चौधरीलाई ज्यान मुद्दा दर्ता गरि अदालतबाट ७ दिनका लागि म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको प्रकृतिले घटनाको वास्तविकता पत्ता लागउन अझै दुई साता अनुसन्धान गर्नुपर्ने प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण