बिचौलियालाई प्रहरीको यस्तो सुझाव !
इटहरी– इटहरीका दुई यातायात व्यवस्था कार्यालयमा रहेर सेवाग्राहीलाई दुःख दिएको चौतर्फी गुनासो आएसँगै इटहरी प्रहरीले बिचौलियाको काम गर्ने समुहलाई कार्यालयमा बोलाएर दुःख नदिन सम्झाएको छ । पहिलो चरणमा सम्झाउने र सम्झाउँदा पनि सेवाग्राहीलाई दुंख दिने गरेको पाइएमा परिणाम अनुसारको ठगी कसुर अनुसार कारवार्ही चलाउने चेतावनी प्रहरीले दिएको छ । बिचौलियाले दुःख दिने गरेको सेवाग्राहीको गुनासो आएपछि पहिलो चरणमा सम्झाउने काम गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले बताए । ‘अब पनि नटेरे पक्राउ गरेर कानुन अनुसार कारबाही गर्छौ’, कार्कीले भने । इलाका प्रहरी कार्यलय इटहरीमा बोलाइएका करिब तीन दर्जन बिचौलियालाई प्रहरीले जनतालाई दुख नदिन आग्रह गरेको छ । सेव्रा प्रदायक र सेवाग्राहीको एजेन्टका रुपमा भुमिका निर्वाह गर्न उनिहरुले छिटो काम हुन्छ भन्दै सोझा व्यक्ति मार्फत रकम असुल्ने गरेको प्रहरीको भनाई छ । यातायात कार्यलयमा हुने आर्थिक अनियमिततामा कर्मचारीलाई सघाउन भुमिका खेल्ने गरेको आरोप लाग्ने बिचौलियालाई निरुत्साहित गर्न र पेशा परिवर्तन गरि सम्मानपूर्वक जीवन व्यतित गर्न समेत प्रहरीले सुझाएको छ ।
यता बिचौलियाको भूमिका निर्वाह गर्ने व्यक्तिहरुले भने कानुन अनुसार लेखापढि गरि खान पाउने पेशागत हक भएता पनि केही व्यक्तिको खराव नियतले आफ्नो पेशा बद्नाम भएको बताएका छन् । उनिहरुले कुनै खराब नियत राखेर गैरकानुनी काम नगर्ने प्रहरी समक्ष प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण