अब सौर्य उर्जाबाट सिंचाई
काठमाडौ – अब किसानले सिँचाईका लागि डिजल, पेट्रोल तथा विजुलीको झन्झट लिनु नपर्ने भएको छ । सरकारले सौर्य उर्जा (सोलार पम्प इरिगेशन) बाट सिचाईको व्यवस्था गर्न लागेको छ । सिंचाई मन्त्रालयले दैनिक जस्तो लोडसेडिगंको समस्या, पेट्रोलियम पदार्थको महँगाइ तथा त्यो पनि समयमा उपलब्ध हुन नसकेको कारण किसान मार परेको र कृषिमा गरेको लगानी पनि नउठेका भएपनि त्यसलाई ध्यानमा राख्दै नयाँ व्यवस्था गर्न लागेको बताएको छ । सिचाइ मन्त्री उमेश कुमार यादवले यही चालु आर्थिक वर्षबाट नै सौर्य उर्जाबाट सिंचाइको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिए । सोमवार सिचाइ विभागमा आयोजित एक कार्यक्रममा उनले सौर्य उर्जाबाट किसानका लागि सिचाइ पुर्याउन निर्देशन दिए । नेपालमा सौर्य उर्जाबाट सिचाइको सम्भावना बारे विभागमा आयोजित कार्यक्रममा मन्त्री यादवले भन्नुभयो, सौर्यबाट सिचाई हुने सम्भावना नेपालमा छ र त्यो नमूनाको रुपमा कार्य गरेर तपाईहरु देखाई दिनुपर्छ । यो कार्यक्रमका लागि अर्को आर्थिक वर्ष नकुर्नुस्, भोलीदेखि नै यसको अध्ययन गरि नमूनाको रुपमा भएपनि काम सञ्चालन गर्नुस् ।’ मुलुकमा हाल झन्डै सात लाख हेक्टर जमिनमा मात्रै बाह्रैमास सिँचाइ सुविधा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण