विपि कोइरालाको चर्चित उपन्यास तीन घुम्तीमा आधारित चलचित्र प्रदर्शनको तयारीमा
काठमाडौँ, –नेपाली कांग्रेसका नेता स्व.वि.पी.कोइरालाद्वारा लिखित उर्चित उपन्यास तीन घुम्ती अब पर्दामा समेत हेर्न पाइने भएको छ । राकेश अडुकियाले निर्माण गरेको यो फिल्म असर १७ गते बाट दर्शकले हलमा हेर्न पाउने छन् ।
फिल्मलाई रिलिज गर्ने जिम्मा माउन्टेन रिभर फिल्म्सले पाएको छ । ‘हामीले विपिको उपन्यासलाई फिल्म बनाएका छौ , त्यसैले मनोरञ्जनसंगै इतिहास पनि छ’ माउन्टेन रिभर फिल्म्सका चन्द्र के. झाले बताए ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । कर्मा प्रोडक्सनको लगानीमा निर्मित यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा विपी ट्रष्टका तर्फबाट भाइस प्रेसिडेन्टको पदमा रहेका हर्ष कोइराला समेत उपस्थित थिए ।
फिल्ममा गरिमा पन्त, सुशान्त कार्की र ध्रुव दत्त मुख्य भूमिकामा छन् । यस अघि ‘दुलही’ र ‘नाई ओक्लोक’ जस्ता फिल्महरु निर्देशन गरेका बाबुराम ढकालले यस फिल्मलाई निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण