आसन र भाषण विनै जेनेभामा महजोडीको कार्यक्रम
स्विजरल्याण्ड –हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) र मह संचारका अन्य कलाकारहरुको टोलीले शनिबार स्विजरल्याण्डको जेनेभामा हास्यव्यंग्य प्रस्तुति दिएका छन् ।
जेनेभा सहरमा आयोजित मह जोडीको सो कार्यक्रममा रोचक त के थियो भने आसन ग्रहण र भाषण गर्ने प्रथालाई तोडिएको थियो ।
मह जोडी लगायत नेपालबाट आएका अन्य चर्चित कलाकारहरु यमन श्रेष्ठ, माण्डवी त्रिपाठी, नरेन्द्र कंसाकार, मोहित आचार्य समेतको प्रस्तुति हेर्न जेनेभा सहर र सो वरपरका सहरहरुमा बसोबास गर्ने गैरआवासीय नेपालीहरु , संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम भरपुर मनोरंजन र संदेशमुलक रहेको धेरै दर्शकले अनुभव गरेका थिए । अन्य कार्यक्रम भन्दा व्यापक उपस्थित रहेको यस कार्यक्रममा दर्शकहरुले हल भरिएको थियो । कार्यक्रम सोचे भन्दा सफल भएको एनआरएनका निबर्तमान अध्यक्ष धर्म गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण