नेपाल तरुणदल कास्कीमा गुरुङ
पोखरा –नेपाल तरुण दल कास्कीको अध्यक्षमा फेरि मनोज गुरुङ चयन भएका छन् । आइतबार अवेर सम्पन्न चौथो अधिवेशनले गुरुङसहित अन्य पदाधिकारी सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेमलाल पुन, सचिवमा नरेन्द्र थापा, र कोषाध्यक्षमा जीवन वास्तोला चयन भएका छन् । केन्द्रीय पार्सदमा शंकर ढुंगाना, जमुना श्रेष्ठ, दुर्गा लामिछाने, कुमार सुनार, विकास गुरुङ, तारा गुरुङ र धनवहादुर छन्त्याल निर्वाचित भएका छन् । तरुण दलको चार प्रमुख पद र केन्द्रीय पार्सदको मात्र निर्वाचन हुने विधानमा व्यवस्था भए अनुसार यी पधाधिकारी चयन भएको तरुण दल कास्कीले जनाएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले स्थानीय निकायको निर्वाचनको लागि तयार रहन तरुणहरुलाई आग्रह गरे । उनले मंसिर भित्रै स्थानीय निकायको निर्वाचन हुने दावी समेत गरे । उनले सरकारले भर्खरै ल्याएको वजेट गरीवको हितमा नभएको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण