बजेट सार्वजनिक हुनु अघिनै ‘लिक’ गरिएको भन्दै कांग्रेसद्वारा संसद अबरुद्व
काठमाडौँ, जेठ १७– नेपाली काँग्रेसले आर्थिक वर्ष २०७३/७४को बजेट सार्वभौम संसद्समक्ष प्रस्तुत हुनुअगावै अघिल्लै दिन ‘लिक’ गरिएको भन्दै संसद अवरुद्व पारेको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सदनको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद डा रामशरण महतले सदनमार्फत सार्वजनिक हुनुपर्ने बजेट पत्रिकाबाट आएको र त्यसबाट संसद्को मानहानि हुनुका साथै विशेषाधिकारसमेत हनन भएको बताए ।
एक दिनअघि नै एक पत्रिकामार्फत बजेटका सबै महत्वपूर्ण सूचना एवम् जानकारी चुहाउँदा शेयरबजारमा आएको उछालले आर्थिक क्षेत्रमा नकारात्मक असर परेको उनले बताए ।
उनले गोपनीयताका साथ तयार हुने र सदनमा प्रस्तुत केही घन्टाअघिमात्र मन्त्रिपरिषद्लाई जानकारी दिइने गरेको प्रचलित मान्यताविरुद्ध सूचना चुहाइएकामा छानबिनको माग गरे ।
बजेटको गोपनीयता भङ्ग भएकाले त्यसको छानबिन नभएसम्म सदनको कारबाही अघि बढाउन नसकिने जिकिर गर्दै विपक्षी दलका सांसद आ–आफ्ना आसनबाट उठेपछि बैठक आधा घन्टाका लागि स्थगन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण