'डन' पुलिसको कथा : गुडिरहेको गाडीबाट बर्दिवाल प्रहरी सडकमा फालिएपछि...
जेठ १७,काठमाडौं– ‘सर ! राजदरबार नजिकै एउटा जँड्याहा मान्छे कुट्दै, होहल्ला गर्दै हिँडेको छ ।’ मध्यराती यस्तो फोन आएसँगै महानगरीय प्रहरी वृत दरबारमार्गका ड्युटी अफिसरले सोधे, ‘तपाई को बोलेको ? कसलाई कुट्यो ?’
उताबाट प्रत्युत्तर आयो, ‘म ट्याक्सी चालक प्रवेश थापा मगर बोलेको, शंकर होटेलको गार्डलाई कुटेर मेरो ट्याक्सीमा चढेको थियो, मलाई पनि कुट्यो, मेरो ट्याक्सी तोडफोड गरेको छ ।’शान्ति सुरक्षा कायम गर्न खटिएको प्रहरी भ्यान तत्काल घटनास्थल पुग्यो ।
कुरा गत जेठ १२ गते राती साँढे १२ बजेको हो । घटनास्थलबाट प्रहरीले सिभिल ड्रेसमा रहेका तर मदिराले मातेका शसस्त्र प्रहरीको एक जवानलाई समात्यो । सशस्त्रको उपत्यका विपद् उद्धार गण सिनामंगलमा कार्यरत समिर बस्नेलाई हालेर दरबारमार्ग प्रहरीको भ्यान लैनचौरतिरबाट कार्यालयतिर हुँईकियो । मध्यरातको खुल्ला सडकमा भ्यान स्पिडमा दौडिरहेको थियो । ठीक त्यतिनै बेला भ्यानको पछिल्लो भागमा रहेका समिर बस्नेत जनपथ प्रहरी जवान श्याम अधिकारीमाथि आईलागे । अचानक आक्रमण गरेका समिरले गुडिरहेको गाडीबाट श्याम अधिकारीलाई रोडमा लात्तीले हानेर फालिदिए । प्रहरी जवान अधिकारीको टाउकोमा गम्भीर चोट लाग्यो । उनलाई अहिले न्युरो अस्पताला बाँसबारीमा राखिएको छ । प्रहरीका अनुसार उनको टाउकोमा रगत जमेको छ भने कुनै बेला मुस्किलले हात खुट्टा चलाउन मात्र सक्छन् ।
ट्याक्सी चालक प्रवेश थापामगरको जाहेरीले समिरलाई दरबारमार्ग प्रहरीको हिरासतमा राखिएको छ । बर्दिवाल प्रहरीमाथि हात हालेको भन्दै समिरमाथि सार्वजनिक अपराध ऐन अनुसार मुद्धा चलाईने महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रद्युम्न कार्कीले बताए ।
समिर बस्नेत लामो समयदेखि उपत्यका विपद् उद्धार गणमा कार्यरत थिए । सोलुखुम्बु स्थायी घर भएका बस्नेतकी श्रीमती पनि शसस्त्र प्रहरीकै जागिरे छिन् । विपद् उद्धार गण सम्वद्ध स्रोतका अनुसार त्यो साँझ समिरले श्रीमतीसँग झगडा गरेका थिए । सामान्य घरझगडापछि शंकर होटेल पुगेका समिर त्यहाँ लामो समय मदिरा पिएपछि बाहिर निस्किए । निस्कले बेला आफूलाई सलाम ठोक्ने होटलको गार्डलाई अनाहकमा कुटेका समिर ट्याक्सी चढेर घर आउँदै थिए । ट्याक्सी केही मिटर गुड्नासाथ ड्राईभरमाथि आईलागेका समिर ‘प्रहरी हुँ भन्ने’ दम्भका कारण सार्वजनिक अपराधको मुद्धा खेप्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण