जिल्ला अदालत बारमा बागी टिम खडा
काठमाडौं – काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको यही जेठ २९ गते हुन गइरहेको निर्वाचानमा डेमोक्रेटिक लयर्स एसोसिएसनको तर्फबाट २ प्यानल भिड्ने भएका छन् । प्रजातान्त्रिक समूहको कब्जामा रहेको बार भनेर परिचित काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको नयाँ कार्य समितिको निर्वाचनका लागि छनोट समितिको दुई तिहाई बहुमतबाट घोषणा भएको आधिकारिक प्यानलको बिरुद्धमा छनोट समितिको अल्पमत सदस्यले छुटै बागी प्यानल खडा गरेर डिएलए विधानलाई नै चुनौति दिएका छन् ।
एसोसिएसनको अध्यक्ष भरत खरेलको संयोजकत्वमा गठित नौं सदस्य उमेदवार छनोट समितिले तेज रावलको नेतृत्वमा बारको आगामी कार्य समिति निर्वाचित गर्नका लागि उमेद्वारी खडा गर्ने निर्णय गरेपछि अल्पमतमा रहेका योगेन्द्र अधिकारी, राजेश्वर अधिकारी र कृष्ण पनेरुले लगायतले लक्ष्मण थपलियाको नेतृत्वमा बागी उमेदवारी दिन लगाएका हुन् । नेपाली कांग्रेस नेतृत्वलाई नै चुनौती दिनुपर्ने र बहुमतको निर्णय कुनै हालतमा नमान्ने भन्दै छनोट समितिको अल्पमतमा अधिकारीद्वय र पनेरु लगायतको टिम सक्रिय भएर लागेका हुन् । न्याय सम्पादनमा समेत प्रभावित पर्न सक्ने विवादित छविका अधिकारीले संगठनको विधान विरुद्धमा काम गर्दै आएको डिएलए स्रोतको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण