जिल्ला प्रशासनमा विद्यार्थी धर्ना
सोमबार, १७ जेठ २०७३, १४ : ०१
कञ्चनपुर– सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार द्विजराज भट्टको राजीनामाको माग गर्दै नेपाल विद्यार्थी सङ्घले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार भट्टले राजीनामा दिनुपर्ने र विद्यार्थी नेता पुरोहित बडूमाथि बैठक कक्षमै साङ्घातिक हमला गर्ने अनेरास्ववियुका विद्यार्थीमाथि कारबाहीको माग गर्दै विद्यार्थी धर्नामा बसेका हुन् ।
विद्यार्थी नेता बडूमाथि हमला गर्नेविरुद्ध प्रहरीले उजुरी नलिएको र कारबाही नगरेकाले धर्नामा बस्नु परेको नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका अध्यक्ष अच्युत कलौनीले बताए ।
विद्यार्थीको पठनपाठन कार्यलाई ध्यानमा राख्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आइतबार गरिएको तालाबन्दीको कार्यक्रम भने फिर्ता लिइएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण