रोल्पाको सिद्धार्थ माविलाई ‘नमुना स्कुल’ बनाउन पहल
रोल्पा– जिनबाङ्गमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउका लागी रोल्पाली युवाहरुले समाजिक संजालमार्फत आर्थिक संकलन थालेका छन् । रकम संचालन अभियानका अभियन्ताहरुले तिन दिनमा तिन महिनाको लक्ष्य पुरा गर्दै साँढे ६ लाख संकलन गरेको स्थानिय नविन खड्काले जानकारी दिए । उनले भने, ‘नमुना विद्यालय अभियान अन्तर्गत आर्थिक सहयोग संकलन कार्य जारी नै रहन्छ ।’ सिद्धार्थ माविलाई नमुना विद्यालय बनाउने अभियानका लागी संयुक्त अरब ईमिरट्समा रहेका केवी गुरुङले ७५ हजार सहयोग गरेका छन् भने जिल्ला शिक्षा कार्यालय रोल्पाका अधिकृत कृष्णचन्द्र पोखरेलले २५ हजार सहयोग गरेको बताईएको छ । हालसम्म विद्यालयका लागी साँढे ६ लाख उठेको संचार विभाग प्रमुख समेत रहेका केवी गुरुङले जानकारी दिए । नुमना विद्यालय अभियान अन्तर्गत यसै बर्षदेखी सिद्धार्थ माविमा अंग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरिने, कक्षा १० मा अध्ययनरत विद्यार्थिहरुदाई आवासिय कक्षाको ब्यवस्था गरिने तथा अडियो भिडीयो र प्रोजेक्टर सिस्टमबाट कक्षा संचालन गर्ने योजनासहित रमक संकलन गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा ईमेल इन्टरनेको ब्यवस्था तथा कम्युटर कक्षा संचालन गर्ने योजना रहेको नविन खड्काले जानकारी दिए ।
स्थानिय युवाहरुले शुरु गरेको नमुना विद्यालय अभियानलाई जिल्ला शिक्षा अधिकारी चिरञ्जिवी पौडेलले ऐक्यवद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण