सरकारी जागिर छोडेर बाख्रा पालन व्यवसायमाः कठायत
सल्यान–शारदा नगरपालिका वडा न ९ निचालचुलामा जनक बहादुर कठायतको जीवन फरक शैलीमा चलिरहेको छ । कठायतले सरकारी जागिर छोडेर बाख्रापालन व्यवसाय गर्दै आइरहेका छन् । व्यवासायिक बाख्रा पालन व्यवसाय गर्र्दै आएका कठायतले मासिक ६० हजार आम्दानी गर्दै आइरहेका छन् । ११ वर्षसम्म शिक्षक पेशा अंगालेका जनकले विगत २ वर्षदेखि व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका हुन् । स्थायी जागिर छोडेर पशु पालन तर्फ लागेका कठायत अहिले गाउँकै नमुना कृषक बनेका छन् । ‘सरकारी जागिर खाँदा मासिक १५ हजार हुन्थ्यो तर बाख्रा पालन गर्न थालेपछि मासिक ५० हजार देखि ६० हजारसम्म कमाई गर्दै आइरहेको छु’ कठायतले बताए । उनले भने, ‘ ’सुरुमा त सरकारी जागिर छोडेर बाख्रा पाल्छु भन्दा गाउँलेले यो त बौलायो, हँुदाखादाका जागिर छोडेर बाख्रा पाल्न थाल्यो भने ।’ एक लाख ५० हजारको लगानीबाट व्यवसाय सुरु गरेका कठायतको फर्ममा अहिले १सय ५० बाख्रा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण