लघुजलविद्युत परियोजनाबाट खिवाङ गाउँ झिलीमिली
म्याग्दी – म्याग्दीको मुदी गाविसको खिवाङ गाउँ लघुजलविद्युत परियोजनाको बिजुलीबाट झिलीमिली बनेको छ ।
स्थानीय छहरी खोलाको पानी प्रयोग गरेर २० किलोवाट क्षमत्ताको खिवाङ छहरीखोला लघुजलविद्युत परियोजना निर्माण भएपछि म्याग्दीको बिकट क्षेत्रमा पर्ने उक्त गाउँमा विद्युत सुबिधा पुगेको हो ।
आईतबारदेखि सञ्चालनमा आएको परियोजनाबाट मुदीको ६ र ७ नम्बर वडामा पर्ने खिवाङ गाउँका एक सय घरधुरी लाभान्वित भएका स्थानीय चन्द्रज्योती माविकी प्रअ थमसरा पुनले जानकारी दिए ।
परियोजना सञ्चालनमा आएपछि उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोवाईल, ल्यापटप चार्ज गर्न, विद्यालयमा कम्प्युटर विषयमा पठनपाठन सञ्चालन गर्न सुबिधा पुगेको छ । यसअघि सोलार र टुकीको भरमा रात कटाउँदै आएका खिबाङबासीले गाउँमा पहिलो पटक बिजुली बलेको खुसीयालीमा बाजागाजा सहित नाचगान गरेर खुसीयाली मनाएका छन् । बेलायतको कल्याणकारी संस्था कादुरीको आर्थिक तथा प्राबिधिक सहयोगमा परियोजना निर्माण भएको निर्माण समितिका अध्यक्ष रामबहादुर पुनले बताउनुभयो । परियोजना निर्माण गर्न कादुरीले दुई करोड चार लाख ५९ हजार ७४६ रुपैया लगानी भएको जनाएको छ । यसैबीच कादुरीको सहयोगमा मुदी ३ र ७को सिमानामा पर्ने म्याग्दी खोलामा ७० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । धौलागिरी चक्रिय पदमार्गमा जाने बाटोमा पर्ने उक्त पुल निर्माण गर्न ४३ लाख ४३ हजार ८०८ रुपैया लगानी भएको छ ।
कादुरीले बाहालवाला र पुर्व गोर्खा सैनीकको बसोबास रहेको म्याग्दीका विभिन्न बस्तीहरुमा गोर्खा वेयलफेयर स्कीमको सहकार्यमा जलविद्युत, खानेपानी र झोलुङ्गे पुल योजनाहरु निर्माण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण