बोक्सोको आरोपमा मारिएका तुलु सार्कीको परिवारको लागि अष्ट्रेलियामा सहयोग जुट्दै
सोमबार, १७ जेठ २०७३, १७ : ४९
काठमाडौं, जेठ १७– बोक्सोको आरोपमा जिउँदै खाल्डोमा पुरी विभत्स हत्या गरिएका रसुवाको यार्सा गाविसका तुलु सार्कीको परिवारको लागि अष्ट्रेलियामा रहेका नेपालीहरु सहयोग संकलनमा जुटेका छन् ।
अष्ट्रेलियामा बस्दै आएका दीपक क्षेत्रीको सक्रियतामा सहयोग संकलन भइरहेको हो । हालसम्म रु एक लाख बढी सहयोग जुटिसकेको र जुट्ने क्रम जारी रहेको क्षेत्रीले जानकारी दिए ।
सार्कीको बोक्सोको आरोपमा गत बैशाख ४ गते गाउँलेबाट हत्या भएको थियो । उनको हत्यापछि सार्कीको परिवारको विचल्लीमात्रै भएको छैन उनीहरु गाउँबाट विस्थापित समेत बनेका छन् ।
यो पनि पढ्नुहोस्
तुलु सार्कीका छोरा भन्छन्, ‘जे नहुनु थियो, भइसक्यो , अब बुबाको हत्यारालाई जन्मकैद सजाय हुनुपर्छ’
पत्रकार Ground zero मा पुगेपछि देखे : तालीवानी शैलीमा मारिएका रहेछन् तुलु सार्की थिङ, ‘बोक्सो’ भन्दै जिँउदै खाल्डोमा पुरेर मारियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण