मुसहर बस्तीमा एसएलसी पास हुँदाको खुसीयाली, बोका काटेर भोज
बर्दिबास– गत वर्ष आफ्नो छोरो मुसहर समुदायबाट पहिलो एसएलसी उत्तीर्ण हुन सफल भएको खुशियालीमा महोत्तरीको बर्दिबास नगरपालिका २ स्थित मुसहर बस्तीका एक अभिभावकले गाउँलेलाई भोज खुवाएका छन् ।
स्थानीय मानकी सदाले आफ्नो छोरो एसएलसी पासभएकोमा सोमबार बोका काटेर गाउँलेलाई भोज खुवाएकी हुन् । करीब ४ सय जनाको बसोबास रहेको मुसहर बस्तीबाट मानकी सदाकी १८ बर्षीय छोरा मञ्जय सदाले स्थानीय जनता उच्च मावि बर्दिबासबाट २०७१ सालमा ५८.६८ प्रतिशत अंक ल्याएर एसएलसी परीक्षा उत्तिर्ण गरेका थिए । ‘आफ्नो छोरो एसएलसी पास भयो भने पञ्चधुरा माइस्थानमा बोका चढाउछु ’ भन्दै मञ्जयका बुवा लक्ष्मी सदाले दुई बर्ष अघि भाकल गरेका थिए । तर, मञ्जयका वुवाको ७ महिनाअघि नै मृत्यु भएको थियो । श्रीमानको भाकल पूरा हुन नपाउँदै मृत्यु भएपनि श्रीमती मानकीले भाकल अनुसार सोमबार बर्दिबास स्थित पञ्चधुरा माइस्थान मन्दिरमा बोका चढाएर छोरा एसएलसी पास गरेको खुशियालीमा गाउँलेलाई भोज खुवाएकी हुन् । भोजमा २ सय मुसहरहरुको सहभागिता थियो । पछिल्लो समय हास्य कलाकार धुर्मुश—सुन्तलीको प्रेरणाले स्कूल बाहिर रहेका मुहसरका बालबालिकाहरु यसै शैक्षिक सत्रबाट स्थानीय जनता उच्च माविमा अध्ययन गर्न जान थालेको स्थानीय सुनिता सदाले बताइन् । छात्रवृत्ति पाएर एसएलसी पास गरेका मञ्जयले भरखरै सम्पन्न कक्षा ११ को परिक्षा वाणिज्य संकायबाट दिएका छन् । मञ्जय भन्छन्,‘ मेरो पढेर बैंंकमा जागिर खाने रहर छ । मुसहर समुदायको नाम रोशन गर्नु छ ।’ मेहेनती र जेहेन्दर मञ्जयले आफ्नो गाउँलाई परिवर्तन गर्न मुसहर बस्तीका बालबालिकाहरुलाई निशुःल्क ट्युसन पढाउदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण