मनिषाको ‘प्रेमी’को पोलिग्राफ परीक्षण सकियो
नवलपरासी–फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी आशिष चौधरीको पोलिग्राफ गरिएको छ ।
चौधरीले बयानका क्रममा झुट बोलेको हो वा होईन भन्ने पत्ता लगाउन पोखराबाट आएका प्रहरी अधिकारीहरुले मंगलबार विहान ५ बजेदेखि लगातार पाँच घण्टा पोलिग्राफ परिक्षण गरेका थिए ।
सोमबार मध्यान्ह पोलिग्राफ गर्ने भनिएपनि आशिषले आफूलाई टाउको दुखेको भनेपछि रोकिएको थियो । ‘पोलिग्राफ परिक्षण सकिएको छ’ अनुसन्धानमा संलग्न प्रहरी इन्सपेक्टर प्रकाश सापकोटाले रातोपाटीसँग भने, ‘पोलिग्राफ रिपोर्ट एनालाइसिस गरेर भेरिफाइका लागि काठमाडौं पठाउँछौं ।’
पोलिग्राफको रिपोर्टका लागि केही समय कुर्नुपर्ने जानकारी दिँदै प्रहरी इन्स्पेक्टरले आफूहरु पोष्टमार्टमको रिपोर्ट कुरेर बसेको बताए । प्रहरीका अनुसार मंगलबार साँझ टिचिङ हस्पिटलबाट पठाएको मनिषाको पोष्टमार्टम रिपोर्ट प्रहरीले हात पार्नेछ । पोलिग्राफ परिक्षणको रिपोर्ट र पोष्टमार्टम रिपोर्ट मुल्यांकन गरेपछी मात्रै मनिषाको हत्या भएको हो, या आत्महत्या थियो भन्नेबारे यकिन हुने नवलपरासी प्रहरीले जानकारी दिएको छ ।
१७ बर्षिय मनिषाको शव जेठ १३ गते नवलपरासीको बर्दघाट–८ स्थित आफ्नै घरमा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्डा हटेपछि पोषण र राजनीतिमा बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण