अरनिको राजमार्ग अवरुद्ध
मङ्गलबार, १८ जेठ २०७३, २१ : ४८
बनेपा– पाँचखालमा आज एक बालकको डुबेर मृत्यु भएको छ ।
पाँचखाल नपा–६ स्थित झिगु खोलामा पौडी खेल्न गएका ११ वर्षीय आशिष काफ्लेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
यसैबीच बनेपामा आज साँझ परेको भीषण वर्षाका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । बनेपा–५ स्थित पानीको वहाव बढी भएका कारण केही घर समेत डुबानमा परेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुकदेव खनालले जानकारी दिए । ।
झन्डै डेढ घन्टादेखि सडक अवरुद्ध हुँदा काठमाडौँबाट बनेपा आउने र धुलिखेलबाट काठमाडौँ जाने कुनै सवारी साधन सञ्चालन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्डा हटेपछि पोषण र राजनीतिमा बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण