मनिषा मत्यु प्रकरण : प्रहरीले पोस्टमार्टम र पोलिग्राफ रिपोर्ट आज सार्वजनिक गर्दै
काठमाडौं – राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनीको मृत्यु प्रकरणबारे प्रहरीले आज पत्रकारसम्मेलन गरेर रिपोर्ट सार्वजनिक गर्दैछ । केही बेरमा जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पत्रकार सम्मलेन हुनेछ ।
मनिषाको हत्या भएको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को मंगलबार पोलिग्राफ परीक्षण गरीएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट आएको विज्ञ टोलीले आशिषको पोलिग्राफ परीक्षण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।
आशिषको पोलिग्राफ परीक्षण गरिएको भएपनि परीक्षण रिपोर्ट गोप्य राखिएको छ ।
यसबारे जानकारी दिन बुधबार बिहान ९ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ ।
प्रहरी उपरीक्षक चौधरीले भने, “पोलिग्राफको रिपोट आएपछि घटनाबारे थप प्रष्ट हुने सहयोग पुग्नेछ ।”
यसैगरी काठमाडाँस्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण रिपोर्ट पनि मंगलबार प्रहरीलाई बुझाएको छ । जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले भने, “शव परीक्षणको रिपोर्ट प्राप्त भएको छ, बुधबार पत्रकार सम्मेलनमा आशिषलाई गरिएको पोलिग्राफ र मनिषाको शवको परीक्षण रिपोर्टबारे जानकारी दिइनेछ ।”
मनिषा नवलपरासीको बर्दघाट–८ पन्चनगर भानुनगर गाउँस्थित आफ्नै घरमा गत बिहीबार बिहान मृत फेला परेकी थिइन् । मनिषाको हत्या भएको आशङ्कामा प्रहरीले मनिषाका प्रेमी आशिष चौधरीसहित अन्य एकजनालाई पनि नियन्त्रणमा लिएको छ । यद्यपी अन्य एक जनाको नाम अहिलेसम्म पनि प्रहरीले सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्डा हटेपछि पोषण र राजनीतिमा बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण