नारायणहिटी दरवार हत्याकाण्डको १५ वर्ष, घटना अझै रहस्यमय
काठमाडौं - राजा विरेन्द्र शाहको वंश बिनाश हुनेगरी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको आज १५ बर्ष पुरा भएको छ ।
तत्कालीन राजा बिरेन्द्र हुँदा वि.सं. २०५८ साल जेठ १९ गते राती दरवारभित्र भएको गोलीकाण्डमा राजा विरेन्द्रको वंश नै सखाप हुनेगरि उनको परिवारका सबै सदस्यहरुको गोली हानी मारिएका थिए । जेठ १९ को रात राजपरिवारका सदस्यहरुको पारिवारिक रात्रिभोज भएको बेलामा भएको यो हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो ।
घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेको थियो । दिपेन्द्रले उनकी प्रेमिका देवयानी राणासँग विवाह गर्न परिवारले अनुमति नदिदा आवेगमा आएर उनले नै सो काण्ड मचाएको र आफ्नो वंश विनाश गरेको भनिदै आएको छ ।
तर पनि यसलाई नेपाली जनताले पत्याउन सकेका छैनन । त्यसपछि राजाका रुपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो । जनआन्दोलन २०६२/६३ को सफलतासंगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहालय बनाइएको छ । घटनाको १५ वर्ष वित्दासम्म पनि हत्याकाण्डको वास्तविक तथ्य अझै बाहिर आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्डा हटेपछि पोषण र राजनीतिमा बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण