बहिनीको मृत्युपछि बिमलको गुनासो , ‘मेरो घरमा यस्तो हुँदा सरकारले केहि गरेन’
बुधबार, १९ जेठ २०७३, १२ : १४
काठमाडौं, जेठ १९– बुटबलर बिमल घर्ती मगरले आफ्नो बहिनी मनिषाको हत्या नै भएको दाबी गरेका छन् ।
मनिषा मृत्युको पोष्टमार्टम रिपोर्ट झुण्डिएको भन्ने आइसकेको अवस्थामा बिमलले आफ्नो बहिनीको हत्या नै भएको दाबी गरेका हुन् । यस्तै मनिषा हत्याको आशंकामा प्रहरी नियन्त्रणमा रहेका आशिष चौधरीमाथि गरिएको पोलिग्राफ परीक्षणमा समेत आशिष संलग्न नभएको प्रारम्भिक रिपोर्ट आएको थियो ।
विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘मैले देशको लागि कति गरेँ तर मेरो घरमा यस्तो हुँदा सरकारले केहि गरेन भने यो देशको लागि गरेर के काम ?’
उनले बहिनीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै यसमा सबैको साथ आवश्यक रहेको पनि उनले बताएका छन् ।
उनले आफू सानो छँदा बाबु गुमाएको र अहिले फेरि बहिनी गुमाउनु पर्दा पीकै पीडा बोध भएको पनि बताएका छन् ।
मनिषा मत्यु प्रकरण : पोलिग्राफ परीक्षणमा आशिषले नढाँटेको भेटियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्डा हटेपछि पोषण र राजनीतिमा बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण