विकासको माग गर्दै स्थानीयबासीले गरे चक्काजाम
महोत्तरी–शान्ति तथा पुर्ननिर्माण राज्य मन्त्री दीपनारायण साह निर्वाचित महोत्तरीको क्षेत्र नम्बर ५ स्थित रामगोपालपुरका स्थनीयबासिन्दा र व्यापारीहरुले बुधबार तीन घण्टा सडकमा चक्का जाम गरेका छन् । बर्दिबास—जलेश्वर सडक खण्डमा पर्ने महोत्तरीको मुख्य व्यपारीक केन्द्र रामगोपालपुर बजारको मुख्य सडकको मर्मत सम्भारको माग गर्दै उनीहरुले तीन घण्टा चक्का जाम गरेका हुन् । दिनमा हजारौं सवारी साधन कुद्ने यो सडक हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने गर्छ । नेता तथा स्थानीय निकायले सडक मर्मत सम्भारमा चासो नदेखाएपछि स्थानीयहरु आजित भएर बिहान ७ बजेदेखि १० बजेसम्म ३ घण्टा चक्का जाम गरेका हुन् । महोत्तरीको क्षेत्र नम्बर ५ बाट अहिले नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित दिपनारायण साह अहिले सरकारमा राज्य मन्त्रि पदमा छन् । यसै क्षेत्रबाट नेकपा माओवादी केन्द्रबाट लालेन्द्र मण्डल, नेपाली कांग्रेसबाट संगीता मण्डल र संघिय समाजवादी फोरमबाट सिवजी यादव मनोनित सांसद हुन् । एक राज्य मन्त्रि र तीन सांसद पाएको मध्य महोत्तरीको ५ नम्बर क्षेत्रको मुख्य सडकको अवस्था हेर्दा दुख लाग्दो रहेको स्थानीय बासिन्दाको भनाई छ । ‘एक झर बर्ष हुन साथ सडकमा पोखरी जस्तै सडकमा पानी जम्छ,’ रामगोपालपुरा उद्योग वाणिज्य संघका सदस्य रामस्नेही महतोले भने,‘ सडक मर्मत सम्भार गर्नु पर्ने माग सहित हामीले तीन घण्टा चक्का जाम गरेका हौं ।’ सडकमा बर्षातको पानी जमेपछि बाटो हिड्ने बटुवाहरुलाई सास्ति खेप्नु परेको उनको भनाई छ । विकासको दृष्टिको कोणबाट पछाडी परेको बर्दिबास—जलेश्वर सडक खण्डको ४२ किलो मिटर सडकको अवस्था जर्जर छ । जोडले हावा चलेका यहाँका हजारौं जन्ताले सितैमा धुलो पाउछन् । एक झर पानी परे भने सडकमा चल्ने गाडीबाट बाटो हिड्ने बटुवाहरुले जीउमा हिलो छेपाउने अवसर प्राप्त हुने गरेको स्थानीय रामकृपाल महतोले बताए । बजारबाट पानीको निकास नालाको उचित व्यवस्था नहुदा पसलमा पानी पस्ने गरेको स्थानीय व्यवपारी श्यामबाबु यादवले बताए । निम्ति प्रमुख जिल्ला अधिकारी किरण थापाले बिग्रीएको सडक मर्मत सम्भारको लागि सम्बन्धित निकायमा पहल गर्ने कार्य भएको बताए । उनले भने,‘स्थानीयले सडक मर्मत सम्भारको लागि अवाज उठाउनु स्वभाविक हो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण