स्थानीयबासी यार्साटिप्न गएपछि गाँउनै शून्य
डोल्पा –वहुमुल्य जडिबुटी यार्सागुम्बा सिजन सुरुभएसंगै स्थानियबासीहरु यार्सागुम्बा संकलनको लागि हिमाली पाटन गएपछि डोल्पाका बिभिन्न गाँउहरु शुन्य भएका छन् । जेठ १० गते औपचारीक रुपमा यार्सागुम्बा संकलन शुरुभएपछि मध्य—डोल्पाका त्रिपुराकोट गाविसका करेलिकाँडा,रसी,मद्धु,रुम त्यस्तै माझफाल गाविसका थरगाँउ,ताली,लाहाराहुँदै माथिल्लो डोल्पाका धो,तिन्जे,छार्का,मुकोट तथा तल्लो डोल्पाका कालिका,शर्मी,नर्कु,रिमी,काईगँउ लगायतका गाविसहरु शून्य भएका छन् । ‘यतिखेर गाँउघरतिर बिभिन्न कार्यक्रमहरु लिएर जानेहोभने मान्छे भेटाउनै गाह्रो पर्छ,’शान्ति समिती डोल्पाका संयोजक देबसिंह कठायतले भने, ‘यार्सासिजनको प्रभावले यस समयमा बिभिन्न सरकारी तथा गैर सरकारी कार्यलयबाट संञ्चालन हुने लक्षित कार्यक्रमहरुले समेत आवाश्यक उपलब्धि हाँसिले गर्न सकेका छैनन ।’ यार्सागुम्बा सिजनले छिमेकि जिल्ला जाजरकोट,रुकुम,जुम्लाका धेरैजसो गाविसहरुपनि शुन्य भएका छन् भने बिद्यालयहरुपनि बन्द भएका छन् । डोल्पाली तथा छिमेकि जिल्लाबासीहरुको आयआर्जनको मुख्य स्रोतनै यार्सागुम्बा भएकाले एक महिनाको अस्थायी बासका ेलागि बन्दोबस्तीका सामान र पशु चौपाय सहित गाँउ घरनै शुन्य पारेर पाटनतिर लाग्ने गरेको त्रिपुराकोटका स्थानिय लोकचन्द्र रोकायले बताए । छोटो समयमा धेरै कमाईहुने भएकालेपनि घरकुर्ने मान्छे समेत नराखि दुधे बालक,केटाकेटी,बृद्ध सहितलाई यार्सागुम्बाको भुत चढ्ने गरेको रोकायले बताए । यार्साटिप्ने हतारोले तल्लो डोल्पाका अधिकासं सर्वसाधारणहरुले बर्खेबालीनै नलगाएर यार्सापाटन गएको कालिका गाविसकी स्थानिय मिना रोकायले बताईन । जोखिमपुर्ण यार्सागुम्बा टिपाईले कतिपयको भाग्य चम्किने तथा केहिको मृत्युको कारण समेत बन्ने गरेको रोकायले बताईन् । त्यस्तै गाँउका सम्पुर्ण मान्छेहरु यार्साटिप्न गएपछि पर्मो गरेर एक आपसमा कामको सहयोगगर्न समेत असहज भएको भानुचन्द्र उपाध्यायले बताए । यार्सागुम्बा सिजनमा पाटनमा बिभिन्न जिल्लाका स्थानियहरुको जमघटहुने भएकाले गाँउघर भन्दा पाटनमै रमाईलोहुने स्थानिय भरुन सार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्डा हटेपछि पोषण र राजनीतिमा बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण