मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

३३ प्रतिशत प्रतिनिधित्वको माग गर्दै पेरिसडाँडा पुगे महिलाहरु

बुधबार, १९ जेठ २०७३, १४ : ३७
बुधबार, १९ जेठ २०७३

काठमाडौं– अन्तरपार्टी महिला सञ्जालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर एक ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बुधबार सञ्जालकी अध्यक्ष प्रतिभा राणको नेतृत्वमा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेको टोलीले राजनीतिमा महिलाको ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने, माओवादीमै पनि पदाधिकारीदेखि केन्द्रसम्म महिलाको सहभागिता सुनिश्चित हुनुपर्नेलगायतका माग राख्दै प्रचण्डलाई ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रचण्डले आफ्नो पार्टी महिलाको प्रतिनिधित्वको सवालमा गम्भीर रहेको बताए । राज्यका निकायहरुमा पनि महिलाको प्रतिनिधित्व बढ्दै जानु खुसीको विषय भएको पनि सो अवसरमा प्रचण्डले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप