पूर्व राजपरिवारप्रति श्रद्धाञ्जलि
बुधबार, १९ जेठ २०७३, १५ : ००
ललितपुर– नेपालका तत्कालीन राजा वीरेन्द्रको परिवारप्रति विधिपूर्वक वार्षिक श्राद्ध र सामूहिक श्रद्धाञ्जलि गरिएको छ ।
योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषदद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलि कार्यक्रममा पूर्व राजपरिवारप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारको २०५८ जेठ १९ गते राति हत्या भएको थियो ।
सो अवसरमा परिषद्का अध्यक्ष शङ्कर पौडेलले २०५८ सालदेखि निरन्तर वार्षिक कार्यक्रम गर्दै आएको बताए ।
श्रद्धाञ्जलि अर्पण गर्न पूर्वमन्त्री दिनबन्धु अर्याल, विश्व हिन्दू महासङ्घका अध्यक्ष हेमबहादुर कार्की, विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिका अध्यक्ष नीलप्रसाद भण्डारीलगायत वुद्धिजीवी, समाजसेवी, प्राध्यापक, डाक्टर, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण