सेनाद्वारा १३ वर्ष अगाडिको बम निस्क्रिय
बुधबार, १९ जेठ २०७३, १५ : ०३
दैलेख– तत्कालीन द्वन्द्वका बेला करिब १३ वर्षअघि गाडिएको बेवारिसे बम नेपाली सेनाको टोलीद्वारा आज निस्क्रिय पारिएको छ ।
नारायण नगरपालिका–१ पुरानो बजार बारुथथान नजिक चन्द्रप्रसाद सिग्देलको बारीमा गाडेर राखिएको बम मकै गोड्न जाने क्रममा मङ्गलबार स्थानीयले फेला परेका थिए ।
बम भेटिएलगत्तै स्थानीय बासिन्दाले नेपाली सेना र जिल्ला प्रहरीलाई खबर गरेका थिए । सुर्खेतको काली दल गणबाट आएको बम निस्क्रिय टोलीले आज बिहान १० बजे निस्क्रिय गरेको हो ।
सो बम एकासी मिमी नामक बमको सेल हुनसक्ने बताइएको छ । बम शक्तिशाली भएकाले ठूलो क्षति हुनसक्ने आशङ्का भएपछि नेपाली सेनाले नगरपालिका–८ तर्ताङमा रहेको खुला स्थानमा लगेर निस्क्रिय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, समरसुर गुल्मका सेनानी सूर्यकान्त घिमिरे, प्रहरी प्रमुख वीरबहादुर वलीको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्डा हटेपछि पोषण र राजनीतिमा बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण