स्वच्छ र समृद्ध राष्ट्रका लागि खेलकुदको भूमिका महत्वपूर्णः राष्ट्रपति भण्डारी
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वस्थ्य र समृद्ध राष्ट्र निर्माणका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएकी छन् । आठौँ राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता–२०७२ को आज दशरथ रङ्गशालामा उद्घाटन गर्दै उनले अनुशासित र मर्यादित समाज निर्माण गरी राष्ट्रलाई एकताको सूत्रमा बाँध्न खेल जगत् सहयोगी हुने उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले नेपालको खेलकुद क्षेत्रले छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलताले खेलकुदमा अझै प्रभावकारी काम गर्नसके यसले चाँडो सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन् । युवा देशको भविष्य भएकाले तिनको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदमा बढीभन्दा बढी संलग्न गराउनुपर्नेमा उनको जोड थियो ।
राष्ट्रपति भण्डारीले खेलकुदलाई विद्यालयस्तरमै अतिरिक्त क्रियाकलापको रुपमा प्रथामिकता दिई त्यसअनुरुपको आवश्यक नीतिगत व्यवस्था गर्न तथा खेल क्षेत्रमा लागेकालाई प्रोत्साहन र रोजगारीको अवस्था सिर्जना गर्न राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याइन्।
राष्ट्रपतिले मुलुकको खेल पर्यटनको प्रशस्त सम्भावनालाई मध्यनजर गर्दै अर्थतन्त्रलाई सुदृढ पार्न खेलकुद क्षेत्रलाई सिर्जनात्मक ढङ्गले अघि बढाउन जरुरी भएको खाँचो पनि औंल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण