हत्या गरेर फरार तामाङ २४ घन्टापछि पक्राउ
जिरी– दोलखाको मिर्गेमा मङ्गलबार बिहान वृद्धको घाँटी रेटी हत्या गरेर फरार भएका अम्बरबहादुर तामाङलाई आज बिहान इलाका प्रहरी कार्यालय जिरीले नियन्त्रणमा लिएको छ ।
मङ्गलबार बिहान ६ः३० मा मिर्गे गाविस–५ चिलाउनेखर्क निवासी ५४ वर्षीय केशावप्रसाद दहालको उनकै घरमा खुकुरीले घाँटी रेटी हत्या गरेर तामाङ फरार भएका थिए ।
आज बिहान स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीले जिरी नगरपालिका–७ सिक्रीको जङ्गलबाट बिहान ६ः४० मा पक्राउ गरेको इप्रका जिरीका प्रहरी निरीक्षक राजेश कार्कीले जानकारी दिए । तामाङको साथबाट हत्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ । अहिले तामाङलाई इप्रका जिरीमा ल्याइएको छ । थप अनुसन्धानका लागि उनलाई आजै जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने इप्रका जिरीले बताएको छ । तामाङ र दाहाल वरपरका छिमेकी भएको र खानेपानीमा विवाद भइराख्ने कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्डा हटेपछि पोषण र राजनीतिमा बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण