सुदुरपश्चिममा किर्केट क्रेज बढ्दै
अत्तरिया –सुदुरपश्चिमको मुख्य ब्यापारिक शहर धनगढीलाई किर्केटको शहरको रुपमा बिकास गर्ने स्थानियको प्रयास सँगै धनगढी आसपासका क्षेत्रमा पनि धमाधम ठुल ठुला धनराशीका किर्केट प्रतियोगिता हुन थालेका छन । जेष्ट महिनाको चर्को गर्मीमा प्रदेश नम्बर सातको केन्द्र अत्तरियामा टि २० किर्केट प्रतियोगिता भईरहेको छ । युबा ब्यबशायी रबी खनालको पहलमा १४ गते बाट अत्तरियामा प्ले फर अत्तरिया क्रिकेट कप २०७३ संञ्चालन भईरहेको छ । प्ले फर अत्तरिया कप २८ वर्ष भन्दा माथी उमेर समुहका व्यक्तिहरुले मात्रै खेल्न पाउने प्रतीयोगीताको रुपमा आयोजना गरीएको हो । प्रतीयोगीतामा देशभरका १२ वटा टिमहरुले सहभागीता जनाएका छन् । यो क्षेत्रमा पहिलो पटक यो शैलीको क्रिकेट प्रतीयोगीताको आयोजना गरिएको प्रतीयोगीताका संयोजक व्यसायी रवि खनालले बताए । प्रतीयोगीतामा व्यापारी, व्यवसायी, पत्रकार, शिक्षक, विभिन्न संघ संस्थाहरुका टिमहरुले सहभागीता जनाएका छन् । प्रतीयोगीतामा प्रथम हुने टिमले १ लाख ११ हजार १११ रुपैया पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ५५ हजार ५५५ रुपैया पुरस्कार पाउनेछ । वेष्ट व्याट् म्यान र वेष्ट बलरले ५÷५ हजार रुपैया पुरस्कार पाउनेछन् । प्रतियोगिताले यस क्षेत्रमा क्रिकेटको विकास , खेल मैदानको निर्माणको लागी दबाब दिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण