राजधानीमा साइकल र्याली
शनिबार, २२ जेठ २०७३, १४ : २९
काठमाडौं – विश्व वातावरण दिवसको अवसरमा साइकल र्याली गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदबाट प्रारम्भ भएको र्याली माइतीघर, थापाथली, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर हुँदै सोही रुटबाट त्रिपुरेश्वर फर्किएको थियो । विश्व साइकल यात्री पुष्कर शाहसमेत साइकल र्यालीमा सहभागी थिए ।
र्यालीले उक्त रोडको छेउमा रहेको साइकल लेन प्रयोग गरेको थियो । राजधानीका विभिन्न सडकमा साइकल लेन भए पनि धेरैले ज्ञानको अभावमा सो साइकल लेन प्रयोग गरेको पाइदैन । साइकल लेनलाई पैदल यात्रु हिड्ने फुटपाथको रुपमा प्रयोग गरिएको छ । यसका बारेमा जानकारी दिनका लागि पनि सो रुट प्रयोग गरिएको आयोजक ग्रीन एन्ड सस्टेनेबल मोबिलिटी इनिसिएटिभ नेपालकी आयशा डंगोलले बताइन् ।
ग्रीन एन्ड सस्टेनेबल मोबिलिटी इनिसिएटिभ नेपालको आयोजनामा भएको उक्त साइकल र्यालीलाई राइडर्स युनिफाइड, एफआईए एक्सन फर इन्भाइरोमेन्ट, माउन्टेन स्पोर्ट्स फेडरेसन, नेपालअटो डटकम र नासा फाउन्डेसनले समेत सहयोग गरेका थिए ।
पछिल्लो समयमा नेपालमा पनि साइकल प्रयोगकर्ताको संख्या बढिरहेको छ । तर पनि यसका लागि साइकल लेन र अन्य आवश्यक पूर्वाधारको विकास भएको छैन । सरकारले पनि यो कुरामा ध्यान दिन सकेको छैन । यो अवस्थामा यस्ता साइकल र्यालीले सरकार र सर्वसाधारणलाई साइकल प्रयोग गर्न र यसका लागि आवश्यक व्यवस्थापन गर्नका लागि झक्झक्याउने विश्वास गरिएको छ ।
प्रत्येक बर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण