मलेसिया, ओमन, लेवलान र जोर्डनसँग श्रम सम्झौता गर्ने सरकारको तयारी
काठमाडौं–सरकारले नेपाली कामदार कार्यरत रहेका चार रोजगारदाता मुलुकसंग श्रम सम्झौता गर्ने भएको छ । ठूलो संख्यामा नेपाली कामदार रोजगारीमा रहेपनि तीनले पाउने सेवा, सुविधा तथा पारिश्रमिक लगायतका विषयमा समस्या हुने गरेकाले तत्काल चार मुलुकसंग श्रम सम्झौता हुन लागेको हो । श्रम तथा रोजगार मन्त्रालयका अनुसार मलेसिया, ओमन, लेवलान र जोर्डनसँग श्रम सम्झौताको तयारी भएको हो । यी मुलुकमा लामो समयदेखि नेपाली कामदार कार्यरत रहेको भएपनि समयमै श्रम सम्झौता नहुँदा विभिन्न समस्या आउने गरेका छन् । कामदारले पाउने न्युनतम पारिश्रमिक, करार अवधी र अन्य सेवा सुविधाका कुरा सम्झौतामा उल्लेख हुने गर्छ । यस पटक भने विगतको भन्दा वैज्ञानिक हिसावले सम्झौता हुन लागेको जनाइएको छ । कामदारको हित हुनेगरि सम्झौता गर्न अहिले सरोकारवाला पक्षसँग छलफल भैरहेको मन्त्रालयले जनाएको छ । अहिले मलेसियामा मात्र ८ लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् । यस्तै, ओमान, लेवलान र जोर्डनमा समेत लाखौ नेपाली कामदार कार्यरत छन् । श्रम सम्झौताको अभावमा ती कामदार विभिन्न समयमा पीडित हुदै आएका छन् । मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलका अनुसार वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्दै नेपाली कामदारको हितमा ऐन निमार्ण गर्ने सरकारी तयारी रहेकाले सोही अनुसार श्रम सम्झौता गर्न लागिएको हो । सरकारले भर्खरै प्रस्तुत गरेको वजेटमा पनि वैदेशिक रोजगारलाई सुरक्षि, व्यवस्थित र मर्यादित बनाउने उल्लेख गरेकाले पनि श्रम सम्झौता अपरिहार्य रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण