टुँडिखेलमा साकेला नृत्य
काठमाडौँ - विभिन्न जिल्लाबाट काठमाडौँ आइबसेका किराँतीले स्थानीय टुँडिखेलमा आज ‘साकेला नाच’ नाचेका छन् । प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नृत्य गरे । गर्मी महिनामा सर्वसाधारण मानिस तथा विभिन्न जीवजीवात्मा, चराचुरुङ्गीले शीतलताका लागि उँधो÷उँधो बासस्थान परिवर्तन गर्ने भएकाले उधौली तथा बिरुवा पलाउने तथा टुसाउने समयमा उभौली नाच नाचिन्छ । किराँत समुदायले मुलुकमा बालीनाली राम्रो होस्, अतिवृष्टि, अनावृष्टि भई अनिकाल नहोस् भनी यस्तो नाच गर्ने गर्छ ।
किराँत राई यायोक्खाका उपाध्यक्ष दिवस राईले उक्त नाचको उद्घाटन गर्दै प्रथम किराँती राजा यलम्बरदेखि ३२ पुस्तासम्म काठमाडौँमा शासन गरेका किराँत वंशको अहिले ऐतिहासिक परम्परा हराउँदै गएको बताए । किराँत राई यायोक्खा काठमाडौँका अध्यक्ष दिलीप वान्तवाले उहाँले विश्वमा बसेका सम्पूर्ण किराँतीले आजको दिन साकेला नाचेको बताए । करिब पाँच हजारभन्दा बढी महिला तथा पुरुष उक्त कार्यक्रममा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण