कोपा अमेरिका – नेयमार बिनाको ब्राजिल बराबरीमा रोकियो, पेरुको विजयी शुरुवात
क्यालिफोर्निया – स्टार खेलाडी नेयमार बिना मैदानमा उत्रेको ब्राजिल कोपा अमेरिकाको पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको छ । गत विश्वकपमा लज्जास्पद ७–१ को हार बेहोर्ने टोलीका सदस्यहरु बिना नयाँ खेलाडीहरु सहित मैदानमा उत्रेको ब्राजिल बराबरीमा रोकिएको हो ।
खेलमा ब्राजिलले नियन्त्रणमा राखे पनि विपक्षीको पोष्टमा भने उल्लेख्य प्रहार गर्न सकेन । विपक्षीको पोष्टमा ९ प्रहार गरेको ब्राजिलको मात्र २ वटा प्रहारमात्र उल्लेख्य थियो ।
ब्राजिल समूह ‘बी’ मा रहेको छ ।
यता, समूहकै अर्को खेलमा पेरुले भने विजयी शुरुवात गरेको छ । हाइटीमाथि १–० को जित निकाल्दै पेरु समूहको शीर्ष स्थानमा उक्लेको छ ।
पाउलो गुरेरोको किर्तिमानी गोलको मद्दतले पेरुले प्रतियोगितामा विजयी बन्यो । गोलसँगै ३२ वर्षीय गुरेरोले टेउफिलो कुबिलासको किर्तिमान तोड्दै राष्ट्रीय टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । उनको गोलसंख्या २७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण